अमेरिकी विदेश मन्त्रीद्वारा रुसी सैनिकहरूले युक्रेनीहरूलाई दिएको अत्याचार र यातना दिएको बिद्यालयको भ्रमण

इनेप्लिज २०८० भदौ २१ गते २३:२९ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी सैनिकहरूले कब्जा गरेर गरेको अत्याचार र यातना दिएको बिद्यालयको भ्रमण गरेका छन् ।

राजधानी कीभबाट करिब दुई घण्टा उत्तरमा याहिड्नेमा एउटा विद्यालयको भ्रमण गरे । उक्त बिद्यालयमा रूसी सैनिकहरूले युक्रेनी बासिन्दाहरूलाई कैद गर्नुको साथै उनीहरूलाई यातना दिएको र त्यहाँ धेरै मानिसहरु मरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

कारागारबाट बाँचेका भ्यालेरी पोल्हुईले कसरी १२७ जना मानिसहरूलाई झण्डै एक महिनासम्म छिडी (बेसमेन्ट )को सानो कोठामा थुनेर राखिएको बताए। उक्त कोठामा १० जना मानिसहरु मरे, उनले ब्लिन्केनलाई भने। हामीलाई “बच्चाहरूको टाउको माथि” बाट लाशहरू बाहिर निकाल्न बाध्य पारियो।

पोल्हुईले अगाडी भने यदि एक व्यक्ति दिउँसो भन्दा पहिले मरेको छ भने रूसीहरूले “शवलाई परिसरबाट हटाउन अनुमति दिन्थे । ” ‘दिउँसो, साँझ मानिसको मृत्यु भयो भने शव बाहिर निकाल्न दिँदैनन थिए ’ उनले भने।

बृद्धबृद्धा बाहेक सबैलाई उभिन वा बस्न बाध्य पारिएको थियो तर कोठा साँघुरो भएकाले सुत्न नसकेको ,उनले बताए । त्यहाँ कैद भएको कान्छो बालक डेढ महिनाको रहेको पोल्हुईले बताए ।

युक्रेनी कैदीहरूले बच्चाहरूलाई हावा दिन रुसीहरूसँग बिन्ती गर्थे, “र ,बच्चाहरू बेहोस हुन थाले,” उनले भने ।

रुसीहरूले तिमीहरू के चाहन्छौ? यो युद्ध हो ? बिन्ती गर्दा पनि मर्न दिनुस भनि जवाफ फराउने गरेको ,उनले बताए । “सुरुमा, यहाँ भित्र धेरै चिसो थियो,” तर कोठाहरू युक्रेनी बन्दीहरूले भरिएकाले, “त्यहाँ सास फेर्न पर्याप्त हावा थिएन,” पोल्हुईले भने। “पहिले वृद्धहरू थिए ,तिनीहरूले आफ्नो दिमाग गुमाउन थाले। र ,त्यसपछि तिनीहरू मरे,” उनले वर्णन गरे।

रूसीहरूले अन्ततः आमाहरूलाई आफ्ना बच्चाहरूलाई हावाको लागि बाहिर ल्याउन अनुमति दिए । “यो युक्रेनको एउटा समुदायको एउटा गाउँमा एउटा मात्र भवन हो र यो हामीले बारम्बार सुनेको /देखेको कथा हो,” ब्लिन्केनले विद्यालय हेरेपछि भने।

प्रतिक्रिया