अमेरिकाको फिलाडेल्फियाबाट हत्याको अभियोगमा दोषी ठहरिएका फरार रहेका कैदीको आठौ दिन पनि खोजी जारी राखिएको छ ।
र ,उनि कसरी उक्त कारागारबाट भागेको अॅकियदृश्य( भिडियो) समेत सार्वजनिक गरिएको छ।
पेन्सिलभेनिया कारागारबाट करिब १.५ माईल टाढा पोकोप्सन उप नगर (टाउनशिप)मा भेटिएका थिए भने उनी गत बिहीबार भागेका थिए।
त्यस क्षेत्रमा सतर्कता र सावधान अपनाउन आह्वान गरिएको छ । फरार कैदी डेनेलो क्याभाल्कान्टलाई गत शनिबार सेप्टेम्बर २ का दिन बिहान एक आवासीय निगरानी अङ्कीयचित्रक (क्यामेरा)मा कैद गरिएकोचेस्टर काउन्टी जिल्ला अधिवक्ताले बताए ।
उनले सेतो वस्त्र र पछाडी भिर्नेझोला (ब्याकप्याक)पनि भिरेर हिडेको देखिएको प्रहरीले जनाएको छ ।
अमेरिकाको पेनसेलभेनिया राज्यको चर्चित शहर फिलाडेल्फियाको चेस्टर काउन्टी कारागार (जेल)बाट भागेका थिए ।
उनि फरार रहे पछि आपराधिक गतिविधिको कुनै पनि संकेतहरु जाँच्न तपाईहरुको आफ्नो कार(सवारी साधन) र घरभवन बाहिर जाँच गर्न प्रहरीले सबैलाई आग्रह गरेका छन ।
फरार रहेका कैदी हत्याको मुद्दा गत महिना आजीवन कारावासको सजाय पाएका थिए । आफ्नी ३३ वर्षीया पूर्व प्रेमिकालाई छुरा प्रहार गरेको अभियोगमा क्याभाल्कान्टलाई अगस्ट १६ मा प्रथम श्रेणीको हत्याको दोषी ठहर गरिएको थियो। उनलाई गत हप्ता बिना प्यारोल(सजाय माफी )आजीवन कारावासको सजाय सुनाइएको थियो।
चेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता देब रायनका अनुसार उनी भाग्नु अघि चार हप्तामा राज्य सुधार संस्थामा सरुवा हुने तय गरिएको थियो।
सन् २०२१ मा उनले आफ्ना छोराछोरीको अगाडि करिब तीन दर्जन पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। उनी केही वर्षअघि ब्राजिलबाट फरार भएर अमेरिका आएका आएका थिए ।
उनी पोर्चुगाली ,स्पनेली र अङ्ग्रेजी भाषा बोल्ने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
उनकी आमाले ब्राजिलबाट आत्मसमर्पण गर्न समेत आह्वान गरेकी छिन ।
प्रतिक्रिया