ललितपुर, राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेका छन् । राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मन्दिर दर्शनका लागि बुधबार दिउँसो पाटन पुगेका थिए ।
राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ ।
राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।
कृष्ण जन्माष्टमीमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भिड लागेको छ ।
प्रतिक्रिया