अमेरिकी प्रथम महिला जिल बाइडेन कोभिड -१९ बाट संक्रमित

इनेप्लिज २०८० भदौ १९ गते ११:२० मा प्रकाशित

अमेरिकी प्रथम महिला जिल बाइडेन कोभिड -१९ बाट संक्रमित भएकी छिन । प्रथम महिला बाइडेनलाई कोभिड -१९ को जाँच गर्दा संक्रमित भएको गत सोमबार ह्वाइट हाउसले घोषणा गरेको हो ।

“आज साँझ, प्रथम महिलाले कोभिड-१९ परिक्षण गर्दा संक्रमित भएको र उनीले हाल हल्का लक्षणहरू मात्र अनुभव गरिरहेकी छिन्। उनी डेलावेयरको रेहोबोथ बीच(समुन्द्रतट )मा उनीहरूको घरमा बस्नेछिन्, “प्रथम महिलाका प्रवक्ता एलिजाबेथ अलेक्ज्याण्डरले एक विज्ञप्तिमा जानकारी गराएकी छिन ।

राष्ट्रपति जो बाइडेनलिई जाँच गर्दा संक्रमण नभएको बताईएको छ । एक प्रशासनिक अधिकारीले सोमबार सिएनएनलाई राष्ट्रपतिको तालिकामा यस समयमा कुनै परिवर्तनहरू नभएको जानकारी गराएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

गत बर्षको अगस्तमा प्रथम महिलालाई साउथ क्यारोलाइनामा छुट्टी मनाउँदै गर्दा कोभिड-१९ बाट संक्रमित भएकी थिइन् । त्यस्तै राष्ट्रपति जो बाइडेन पनि गत जुलाईमा संक्रमित भएका थिए भने प्याक्सलोभिड ओखती खाएको केही समयपछि पुन :संक्रमित भएको अनुभव गरेको सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया