क्यानडाको ओटावामा विवाह स्थलमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने २ अमेरिकीसहित ६ जना घाइते भएका छन । ओटावाको स्वागतसमारोह (रिसेप्शन )स्थलको सवारी अडान क्षेत्र (पार्किङ)मा शनिबार अबेर राति गोली चल्दा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
घटनास्थलमा दुईवटा विवाह भइरहेका बेला बाहिर बन्दुक पड्किए पछि सुरक्षाका लागि दौडिरहेका पाहुनाहरू स्तब्ध भएका थिए।
“यो अराजकता थियो, मानिसहरू कहाँ दौडिरहेका थिए भन्ने कुनै सामान्य दिशा थिएन, यो जताततै थियो,” साथीलाई लिन विवाहमा आएका एक व्यक्ति जसले आफ्नो थर दिन अस्वीकार गर्दै एएफपीलाई भने।
द्रुत रुपमा गोली चलेको थियो। त्यसपछि चिच्याएको आवाज आयो। र त्यसपछि एक छिन् विराम भयो । र ,त्यसपछि त्यहाँ धेरै गोली सम्भवतः १५-१६ वटा चल्यो उक्त व्यक्तिले एएफपीलाई बताए ।
शनिबार राति १०:२१ बजे (०२२१ जिएमटी आइतवार) सम्मेलन कक्षको सवारी साधन अडान क्षेत्र गोली सुरु भएको थियो ,जहाँ दुई छुट्टाछुट्टै विवाह समारोहहरू एकैसाथ आयोजना भइरहेको थियो।
क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोका २६ र २९ वर्षका दुई पुरुषको मृत्यु भएको ओटावा प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले छ जना घाइते मध्ये अमेरिकी नागरिक रहेको तर उनीहरुको ज्यान खतरामा नरहेको बताएको छ । उनीहरुको परिचय खुलाइएको छैन । गत आइतबार दिउँसोसम्म कोही पनि पक्राउ परेका छैनन भनि सिबिएसन्यूजले समाचारमा उल्लेख गरेको छ ।
करिब १० लाख जनसंख्या रहेको क्यानडाको राजधानी ओटावामा सन् २०२३ मा भएको गोलीकाण्डबाट दुई जनाको मृत्यु भएको हत्याको संख्या १२ पुगेको छ।
क्यानाडाका धेरै शहरहरूमा हालका वर्षहरूमा सशस्त्र हिंसामा उल्लेखनीय वृद्धि भएको छ भने सन् २००९ देखि क्यानडामा हिंसात्मक बन्दुक अपराधमा ८१ % प्रतिशत वृद्धि भएको छ।
प्रतिक्रिया