ट्राफिक प्रहरीले असभ्य व्यवहार गर्‍यो : बालेन सचिवालय

इनेप्लिज २०८० भदौ १७ गते १३:१८ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले शनिबार राति ट्राफिक प्रहरीले मेयरपत्नीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको व्यवहारप्रति आपत्ति जनाएको हो ।

त्यस्तै मेयर साहले उक्त घटनाबारे लेखेको स्टाटसमाथि लेखिएका समाचारप्रति पनि सचिवालले ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिअनुसार आइतबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयरपत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो ।

उनलाई काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको थियो ।

b1
b2

प्रतिक्रिया