ग्यासको मूल्यमा भारी वृद्धि, पेट्रोल, डिजेलको पनि बढ्यो

इनेप्लिज २०८० भदौ १५ गते १:४४ मा प्रकाशित

काठमाण्डौ, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको छ ।

यस्तै, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि पुनः बढेको छ ।

समायोजित मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम भएको छ। यसअघिको मूल्य १६६० रुपैयाँ थियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएकोले सोहीअनुसार समायोजन गरिएको प्रष्ट पारेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ बढाइएको हो।

निगमले जारी गरेको विज्ञप्तिअनुसार आइओसीबाट पेट्रोल र डिजेलमा क्रमशः ३ रुपैया १७ पैसा र २ रुपैयाँ ४८ पैसा मूल्य बढेर आएको छ। यस्तै ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर आएको हो।

प्रतिक्रिया