अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विवाह मेला हुने भएको छ । नेपालीहरुले आयोजना गरेको यस बर्ष सहित यो पाचौ पटक आयोजना गरिने आयोजक मध्येकै एक बिपिन राज उप्रेतीले ईनेप्लिजलाई बताए ।
२०७४ सालमा सुरु गरिएको बिबाह मेला कोरोना महामारीको समयमा २ बर्ष सम्म स्थगित गरिएता पनि गत बर्ष पनि सफलतापूर्वक सम्पन्न भएको थियो । बिबाह मेला अर्थात् वेडिङ्ग मेला अमेरिकामा सम्भवत पहिलो पटक नेपालीहरूको पहलमा आयोजना भएको हो ।
पाचौ पटक आयोजना हुने मेला आगामी सेप्टेम्बर २४ आइतबारका दिन भर्जिनिया राज्यको मनासस शहरमा हुनेछ । बिबाह मेला बिहान ११ बजे देखि ४ बजे सम्म संचालन हुनेछ ।
बिगत बर्षहरुमा बिहे मेला अत्यन्तै उत्साहपूर्वक सम्पन्न भएका छन् । मेलाका आयोजक विपिन राज उप्रेतीले वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिएको भन्दै उप्रेतीले यस वर्ष अझ थप आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदायहरू कार्यक्रममा आउन आह्वान गरेका छन ।
बिगत बर्षहरुमा कार्यक्रम स्थलका प्रदर्शन कक्षमा नेपाली तथा विदेशी व्यापारीहरूको समेतले सहभागिता जनाएका थिए । बिगत बर्षहरुमा खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खानेकुराहरू चाख्नलाई निःशुल्क वितरण गरिएको थियो । र ,त्यहाँ आएका दर्शकले खानेकुराहरूको स्वाद लिएका थिए ।
यो मेलाको मुख्य उद्धेश्य विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध होस् भन्ने हेतुले आयोजना गरिएको उप्रेतीले ईनेप्लिजलाई बताए ।
यस वर्ष पनि ,सजावटकर्ताहरु,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना,आपूर्तिकर्ताहरू ,मेहन्दीवाला,लिमोजिन सवारी साधन (विशेष कार)को व्यवस्था ,नेपाली पण्डित ,केक पसलका व्यापारी ,बिहेका फूलहरू आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियोग्राफर(अङ्कियदृश्यकार )हरुको पनि सहभागिता हुनेछ ।
ग्यालेक्सी इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिसी क्षेत्रका चर्चित डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको संयुक्त आयोजनामा विवाह मेला आयोजना हुनेछ ।
तीनै जना आयोजकले यस क्षेत्रमा बसोबास गर्नुहुने सबै नेपाली समुदायलाई एक पटक उपस्थितिको लागि बिशेष अनुरोध गरेका छन् । यस पटक कार्यक्रम विनडम गार्डेन मनाससमा हुनेछ ।
ठेगाना यस प्रकार छ : 10800 vandor ln ,manassas ,va 20109
प्रतिक्रिया