ओसामा बिन लादेनलाई मार्ने दाबी गर्ने अमेरिकी नेभी सीलका सैनिकलाई टेक्ससमा आक्रमण गरेको आरोपमा पक्राउ

इनेप्लिज २०८० भदौ १० गते २३:२९ मा प्रकाशित

ओसामा बिन लादेनलाई मार्ने दाबी गर्ने अमेरिकी नेभी सीलका सैनिकलाई टेक्ससमा आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ ।

४७ वर्षीय रोब ओ’निलले शारीरिक चोटपटक र सार्वजनिक रुपमा मादक पदार्थ सेवन गरेको दुर्ब्यबहारको आरोपको सामना गरिरहेको फ्रिस्को प्रहरी विभागका प्रवक्ताले ड्यालस मर्निङ न्यूजलाई बताए।

उनलाई गत बुधबार गिरफ्तार गरिएको थियो भने कोलिन काउन्टी कारागारमा राखिएको थियो । सोही दिन ३,५०० धरौटीमा रिहा गरिएको पत्रिकाले उल्लेख गरेको छ।

ओ’निल टेनेसी निवासी हुन् तर उनि टेक्ससमा सिगार लाउन्ज(प्रतिक्षालय )मा पोडकास्टमा अभिलेख (रेकर्ड )गर्न गएको समयमा उनलाई पक्राउ गरिएको थियो ।

भूतपूर्व अमेरिकी सैनिकले सन् २०११ को लक्ष्य (मिसन)को तीन वर्षपछि सन् २०१४ मा वाशिङ्टन पोस्टसँगको अन्तर्वार्तामा आफूले ओसामा बिन लादेनलाई मारेको बताएका थिए ।

पेन्टागनले आतंकवादी नेतालाई मार्ने ओ’निलले गोली चलाएको हो वा होइन भनेर कहिल्यै पुष्टि गरेको छैन।

सैनिकले ओसामा बिन लादेनलाई मारेको दाबी गर्न नसक्ने किनभने नेभी सील टोलीका ६ अन्य सदस्यहरू उनीसँगै कोठामा प्रवेश गरेका थिए भनि युपिआईले जनाएको छ ।

विशेष कारवाईमा सिपाहीहरूले सुरक्षा आवश्यकताहरू र जोखिमहरूको कारणले सामान्यतया आफूलाई बाहिर नल्याउने युपिआईले लेखेको छ ।

प्रतिक्रिया