अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

इनेप्लिज २०८० भदौ ९ गते ३:३९ मा प्रकाशित

काठमाडौं, अमेरिकी सिनेटर क्रिस भ्यान होलेन नेपाल आउने भएका छन् । उनी त्यहाँका वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्यसमेत हुन् ।

होलेन सेप्टेम्बर पहिलो साता नेपाल आउने कार्यतालिरहेको छ । होलेनको अफिसले सार्वजनिक गरेको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् ।

उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ ।

उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया