सरकारभन्दा सुशासन र समृद्धि महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० साउन २९ गते १०:१० मा प्रकाशित

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण ठानेर काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा आफूहरू रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’

आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतङ्क सिर्जना भएको भन्दै भने,‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी आफ्ठ्यारोमा छैनौँ ।
हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढङ्गले काम गर्नु छ ।’ प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने टिप्पणी गरे ।

भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको उनको भनाई छ ।

प्रतिक्रिया