कांग्रेस संसदीय दलको बैठक बस्दै, सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने

इनेप्लिज २०८० साउन २९ गते २:२२ मा प्रकाशित

काठमाडौ, नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । आजको बैठकले समसामयिक राजनीतिक विषयमा निर्णय गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकरी दिए ।

बैठकमा आइतबारसम्म ५० जना सांसदले धारणा राखेका थिए । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा बाँकी सांसदहरूले धारणा राख्नेछन् ।

आइतबार सांसदले बैठकमा सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

एक क्विन्टल सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणासमेत सांसदहरूले राखेका थिए । सांसदहरूले मोरङका सांसद सुनिल शर्मा पक्राउको विरोधसमेत गरे ।

सरकारका कामकारबाहीबारे समेत प्रश्न उठे पनि कांग्रेस नेताहरूले सरकार ढाल्ने र अर्को बनाउने विषय नउठेको स्पष्टीकरण दिएका छन् ।

महत्वपूर्ण विषयलाई पारित गर्दै बैठक आजै समापन गरिने प्रमुख सचेतक लेखकले जानकारी दि

प्रतिक्रिया