आर्थिक पारदर्शितामा ध्यान दिए देशले कोल्टे फेर्नेः- मन्त्री गुरुङ

इनेप्लिज २०८० साउन १९ गते १४:१० मा प्रकाशित

न्यूयोर्क-अगष्ट ३ तारिख २०२३ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम नेपाल सरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङ ज्युको स्वागत र सम्मानमा एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति माननीय मन्त्री श्री धनराज गुरुङले हाम्रो मुलुक नेपालको विकाश नहुनुमा भ्रष्टचार प्रमुख कारण भएको बताउॅदै, सबैले आर्थिक पारदर्शितामा ध्यान दिए देशले चॅाडै कोल्टे फेर्ने बताए ।

गैर आवसीय नेपालीका लागि नागरिकता विधेयक पारित भैसकेकोले अप्ठ्यारो फुकाउन कानुन बनिरहेको कुरा सुनाउदै, मन्त्री गुरुङले आफू कानुन मन्त्री भएको वेलामा देश र जनताका हितका निमित्त आवश्यक विधयकहरू अगाडि बढाउने समेत बताए ।

बिभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरू, पत्रकार , बुद्धीजीवी, कलाकार लगायत आम न्यूयोर्कवासी नेपाली जनसमुदायको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक पूर्व संयोजक कानुनविद तथा समितिका कानुनी सल्लाहकार खगेन्द्र क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया