२१०औँ भानु जयन्ती सम्मपन्न

इनेप्लिज २०८० साउन १५ गते २२:२६ मा प्रकाशित

बोस्टन


नेपाली कम्यूनीटि सेन्टर, ब्रयान्ट्रि, म्यासाचुसेट्स अमेरिकामा २१० औँ भानु जयन्ती मनाइएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टरको आयोजनमा गरिएको समारोह च्याप्टरका अध्यक्ष महेश्वर पन्तको सभापतित्व, तथा अनेसास केन्द्रिय अध्यक्ष कवि गोवर्धन पूजा र महासचिव बिमला निरौलाको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

उक्त समारोहमा कवि हरि काफ्ले “शैव”ले स्वागत तथा भानुको बारेमा छोटो जानकारी सहित भानु द्वारा उल्था गरिएको रामायणबाट केहि स्लोक सुनाएका थिए। उपस्थित धेरै कवि, गजलकारहरु र नेपाली भाषा साहित्यलाई माया गर्ने समाज सेवीहरुले आफ्नो रचना तथा मन्तव्य राखेका थिए। रचना वाचन गर्ने कवि साहित्यकारहरुमा सुजन खरेल, अनु शाहा, दिपेन्द्र पोखरेल, पूजा घिमिरे, अभि गजुरेल, अपराजिता कायस्थ, हर्दिक काफ्ले (सानो पडिंत), मनोजाचार्य, भिम प्रसाद पाध्याया, सन्चालक च्याप्टर सचिव प्रकाश खडका, अनेसास न्यूहेम्पसायर च्याप्टरका अध्यक्ष हरिमाया अधिकारी रहेका थिए।

समारोहमा अमेरिकामा नव आगन्तुक समाजिक काममा सक्रिय नेपाल खेलकुद परिषद, पूर्वान्चल शाखाका उपाध्यक्ष तथा रेडियो, नाटक कर्मि जीना जगं कार्कीलाई स्वागत तथा सम्मान गरिएको थियो। सोहि समारोहमा अनेसास केन्द्रले सम्पन्न गरेको ‘जूम मार्फत’को भानु जयन्तीमा सहभागिता जानाउँदै भानुको उत्कृष्ट स्लोक प्रस्तुत गरे बापत नयाँ पूस्तालाई हौसला बढाउने हेतुले बाल कवि तथा पंडित हार्दिक काफ्लेज्यूलाई अनेसास केन्द्रको तर्फबाट सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय महासचिवले अनेसास बोस्टन च्याप्टरलाई च्याप्टर सम्मेलन तथा अन्य धेरै राम्रा कार्यक्रम गरेकोमा धन्यवाद तथा आगामी दिनका लागि शुभकामना दिएकी थिइन्। केन्द्रिय अध्यक्ष गोवर्धन पूजाले आफू यसै सहरबाट निर्वाचित अध्यक्ष भएकोले पनि च्याप्टरसगं नजिक रेहेको र हरेक कार्यक्रममा तन मन धनले सहयोग गर्ने वचन दिए। भानु प्रति श्रद्धाञ्जली राख्दै उनले ’ म सँस्थामा आर्थिक पारदर्शिता कायम राख्न कटिवद्ध रहेको र यसको लागि कतैबाट नचुक्ने वाचा गर्दछु’ भन्दै कटिवद्धता पनि जनाए।

सँस्थाको आर्थिक रिपोर्ट र नयाँ ३२ आजीवन सदस्यहरुको नामावलि सुनाउँदै कोषाध्यक्ष थानिरत्न कँणेलले भानुको घाँसिकुवाको कविता समेत सुनाएका थिए।

कार्यक्रममा भानु प्रति श्रद्धाञ्जली दिँदै, पशुपतिनाथ बुद्ध फाउन्डेशनका बिओटी उपाध्यक्ष राम थापा, जीना जंग कार्कि आदिले मन्तव्या राखेका थिए।

उपस्थित गोपाल प्रसाद आचार्य, माया थापा लागायतसबैलाई धन्यवाद ज्ञापन गर्दै सह सचिव प्रतिक रावलले कविता वाचन गरे। सभापति महेश्वर पन्तले कार्यक्रम समापन गर्दै छिट्टै बोस्टन च्याप्टरले नयाँ फडको मार्ने कुरा बताए। आर्थिक पारदर्शितामा केन्द्रिय अध्यक्षलाई पूरण सहयोग गर्ने वाचा गर्दै उन्ले छोटो कविता राख्दै सभा विर्जन गरेका थिए।

प्रतिक्रिया