कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

इनेप्लिज २०८० साउन ९ गते ७:२४ मा प्रकाशित

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन्।

उनले आज अपराह्न चार बजे केन्द्रीय कार्यसमिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

गत साउन २ बाट केन्द्रीय कार्यसमितिको बैठक जारी छ। अब बैठकमा उठेका विषयमा सभापतिले जवाफ दिन बाँकी छ।

हिजो बसेको बैठकमा महामन्त्री र उपसभापतिहरूले जवाफ दिएका थिए। त्यपछि देउवाले बैठक भोलिसम्मका लागि स्थगित गरेका थिए

प्रतिक्रिया