नेपाल चलचित्र कलाकार संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०८० असार ३१ गते १३:२७ मा प्रकाशित

अभिनेता सारुक ताम्राकारको निधनको विषयलाई लिएर सामाजिक संजाल लगायत विभिन्न अनलाइनमा आएका समाचार र भनाइबारे नेपाल चलचित्र कलाकार संघको गम्भिर ध्यान आकृष्ट भएको छ ।

स्व. शारुक निधन हुनुभन्दा अघिल्लो दिन सम्म “ह्यास्ट्याग माया” चलचित्रमा अभिनय गरिरहनु भएको थियो । स्व. शारुक सिंगो चलचित्र क्षेत्रमै काम प्रति लगनशील, सालिन र भद्र अभिनेताको रुपमा परिचित हुनुहुन्थ्यो । स्व. शारुकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरु शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले सो विषयमा गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याईदिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ ।

नेपाल चलचित्र कलाकार संघका सदस्य समेत रहेका अभिनेता शारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायाँकनको क्रममा भएका घटना र सन्दर्भहरु विभिन्न अनलाइन मार्फत् अभिव्यक्ति गर्नु भएकोले सो सम्बन्धमा पनि छानबिन गर्ने निकायले अनुसन्धान गरी यदि कोहि दोषि देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।

मोहन निरौला
अध्यक्ष
नेपाल चलचित्र कलाकार संघ

प्रतिक्रिया