बाइडेन सहित जी७ का नेताहरूद्वारा युक्रेनलाई समर्थन गर्ने संयुक्त घोषणा

इनेप्लिज २०८० असार २७ गते २३:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन सहित जी७ का नेताहरूले युक्रेनलाई समर्थन गर्ने संयुक्त रुपमा घोषणा जारी गरेका छन् ।

राष्ट्रपति बाइडेन र जी७ का नेताहरूको समूहले बुधबार उनीहरूले युक्रेनलाई रुसको आक्रामकताबाट आफ्नो रक्षा गर्न र भविष्यका खतराहरूबाट बच्न आफ्नो सेनालाई बलियो बनाउन मद्दत गर्ने उद्देश्यले युक्रेनलाई समर्थनको दीर्घकालीन संयुक्त घोषणा गरेका छन।

“हामी युक्रेनलाई भूमि, वायु र समुद्रमा बलियो, सक्षम प्रतिरक्षा निर्माण गर्न मद्दत गर्न गइरहेका छौं, जहाँबाट यस क्षेत्रमा तिनीहरु स्थिरताको शक्ति बन्नेछन् र कुनै पनि र सबै खतराहरू विरूद्ध लड्नेछन्,” बाइडेनले संक्षिप्त टिप्पणीमा भने। उक्त घोषणा हुँदा जी ७ का नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि उपस्थिति रहेका थिए ।

बाइडेनले विश्वको सबैभन्दा शक्तिशाली लोकतन्त्रबाट युक्रेनलाई समर्थन “भविष्यमा लामो समय सम्म रहने सम्झौताले यो स्पष्ट पारेको बताए ।

घोषणामा हुँदा जी७ का सदस्यहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत रहेका थिए । साथै युक्रेनसँग दीर्घकालीन द्विपक्षीय सुरक्षा प्रतिबद्धताहरू वार्ता गर्न चाहने अन्य राष्ट्रहरूको लागि द्वार खुला रहेको नेताहरूले भने। यो एक शक्तिशाली बिज्ञप्ति हो । जति समय लाग्छ हामी त्यहाँ हुनेछौं बाइडेनले भने ।

बाइडेन र जेलेन्स्की बीचको द्विपक्षीय बैठक पछि राष्ट्रपति बाइडेनले पत्रकारहरूलाई भने “हामीले अन्ततः युक्रेनलाई नेटोमा स्वागत छ वा छैन भन्ने धारणालाई समाप्त पारेका छौं – यो हुन गै रहेको छ। हामी सबै सही दिशामा अघि बढिरहेका छौं। मलाई लाग्छ कि यो अबको केही महिनामा प्राप्त गर्ने कुरा हो।”

जापानी प्रधानमन्त्री फुमियो किशिदाले जी७ बाट युक्रेनको एकता कहिल्यै नडगमगाउने बताए ।

घोषणाले द्विपक्षीय सुरक्षा प्रतिबद्धताहरू र युक्रेनका लागि दीर्घकालीन सहयोगको व्यवस्थाको माध्यमबाट औपचारिक रूपमा कीभसँग वार्ता सुरु भएको संकेत गर्दछ भनी सिबिएसन्यूजले उल्लेख गरेको छ ।

जेलेन्स्कीले युक्रेनलाई कहिले नेटोको सदस्य दिने भन्ने कुरामा गत मंगलबार संयुक्त वक्तव्यको आलोचना गरेका थिए । दशकौ देखि नेटो सदस्यता दिने बिषयमा आलटाल गरिएता पनि यो शिखर सम्मेलनले सदस्यता दिने कुरामा ढोका खोलेको छ ।

प्रतिक्रिया