इलोन मस्कद्वारा नयाँ अप्राकृतिक प्रज्ञता (एआई) स्टार्टअप अनावरण

इनेप्लिज २०८० असार २७ गते २२:३९ मा प्रकाशित

बिश्वकै सर्वाधिक धनाढ्य अरबपति इलोन मस्कले शीर्ष अनुसन्धानकर्ताहरूको टोलीको साथमा आफ्नो नयाँ एआई स्टार्टअप (अर्थात् अप्राकृतिक प्रज्ञता )अनावरण गरेका छन् ।

मस्कले अन्ततः च्याटजिपीटी निर्माता ओपेनएआईसँग प्रतिस्पर्धा गर्न स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी(अप्राकृतिक प्रज्ञता संस्था )को बारेमा चर्चा गरे भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

उनले स्टार्टअप एक्सएआई औपचारिक रूपमा बुधबार सुरु गरेका छन् । ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्नु यसको लक्ष्य रहेको बताईएको छ ।

मस्कले आफ्नो नेतृत्वमा टेस्ला ,स्पेसएक्स र ट्विटरको स्वामित्व पनि राखेका छन । सान फ्रान्सिस्कोलाई केन्द्रित गर्दै नयाँ स्टार्टअपले शीर्ष एआई अनुसन्धानकर्ताहरूको समूहलाई काममा नियुक्त गरेको छ । नयाँ नियुक्त भएकाहरुमा पहिले ओपनएआई, गुगल, माइक्रोसफ्ट र टेस्ला जस्ता चर्चित संस्थाहरुमा काम गरि सकेका छन् ।

यो ट्विटरको नयाँ मूल संस्था एक्स कर्पोरेशनबाट स्वतन्त्र हुनेछ । तर त्यो संस्था साथै टेस्लासँग मिलेर काम गर्ने विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया