विराटनगर,२५ असार । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको आज अनुगमन गर्नुभएको छ ।
प्रमुख कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गर्नुभयो ।
उहाँले शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टोली सहित विद्यालय पुग्नु भएका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।
प्रमुख कोइरालाले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्था लगायतका विषयमा जानकारी लिनु भएको थियो ।
विद्यालयस्तरदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्न गरेमा दक्ष जनशक्ति उत्पादन हुने बताउँदै उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभयो । महानगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ ।
प्रतिक्रिया