अमेरिकी हवाई आक्रमणबाट सिरियामा आइएसका नेता मारिए

इनेप्लिज २०८० असार २४ गते २०:२७ मा प्रकाशित

सिरियामा भएको हवाई हमलामा आइएसका नेता मारिएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

पूर्वी सिरियामा गत शुक्रबार भएको अमेरिकी हवाई आक्रमणमा आईएसआईएसका नेता उसामाह अल-मुहाजिर मारिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले आइतबार बिहान जनाएको छ।

रक्षा विभागले सिरियाको पश्चिमी भागमा उडान गरिरहेको अमेरिकी युद्धयानलाई रुसले अवरोध पारेको समयमा घातक मानव रहित युद्धयान (ड्रोन) हमला सोही दिन गरिएको थियो ।

सेन्टकमका अनुसार मानवरहित यान (ड्रोन )हमलामा कुनै पनि सर्वसाधारणको मृत्यु भएको छैन तर उनीहरूले सर्वसाधारण घाइते भएको विवरणको मूल्याङ्कन गरिरहेको सिबिएसन्यूजले जनाएको छ ।

“लगभग दुई घण्टाको मुठभेडको क्रममा रूसी विमानले १८ वटा अव्यवसायिक उडान नजदिकबाट उडाएका थिए । रक्षा विभागले रूसी सेना “असुरक्षित र अव्यवसायिक व्यवहार” मा संलग्न भएको बारे एक विज्ञप्ति जारी गरेको छ ।

यसैबीच, अमेरिकी अफ्रिका नेतृत्व (कमाण्ड)ले आइतवार सोमाली राष्ट्रिय सेनाको बलको समर्थनमा अल शबाब आतंककारीहरू विरुद्ध दुर्गम क्षेत्रमा रातभर तीन सामूहिक आत्मरक्षा हवाई हमला गरेको बताएको छ।

प्रतिक्रिया