सामाजिक संजाल मेटाले ल्याएको थ्रेड्स नामक अनुप्रयोग (एप) मा ४८ घण्टा नबित्दै ७ करोड ग्राहक (प्रयोगकर्ता)बनेका छन् । यो क्रम अझ बढ्दो छ । यसले सिधै ट्वीटरलाई असर पर्ने छ भने ट्वीटरका प्रमुख इलन मस्कलाई ठूलो धक्का लाग्ने सम्भावना बढेर आएको छ ।
गत जुलाई ५ को राती नै अमेरिकाको पूर्वीय समय करिव ९ बजे भन्दा पहिले नै यसमा प्रवेश गर्न चाहने र अग्रिम रुपमा दर्ता गराएका ग्राहक(प्रयोगकर्ता)हरुलाई थ्रेड्स प्रारम्भ भएको सूचना दिईएको थियो ।
स्वयम् मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जकरबर्गले यस अनुप्रयोगमा निरन्तर केही टिप्पणी लेखि रहेका छन । उनले सानो या ठूलो प्रतिक्रिया कुराहरु लेखि रहेका छन् ।
सर्वप्रथम उनले उनले २ घण्टा भित्रमा २० लाख ,त्यस पछि ४ घण्टामा ५० लाख र ७ घण्टामा १ करोड ग्राहक(प्रयोगकर्ता)हरु यस पछि क्रमस लेखि रहदा अहिले दुई दिनमा ७ करोड अर्थात् ७० मिलियन मानिसहरुले साइन अप अर्थात् यसमा जोडिई सकेका छन । प्रयोगकर्ताहरुले हस्ताक्षर गरे पछि जकरबर्गले थ्रेड्समा स्वागतम,यसमा यसो गरौ ,सँगै मिलेर केही महान बनाऔं,हामीले तपाईलाई कहिल्यै निराश पार्दैनौं जस्ता केही शब्दहरु लेखि रहेका छन् ।
यसको प्रारम्भसंगै ट्विटरलाई ठूलो चुनौती भएको छ । ग्राहकहरु यसमा भटाभट आफ्नो नाम दर्ता गर्न थाली सकेका छन् ।
यो ट्विटर जस्तै देखिन्छ र इन्स्टाग्राम प्रयोगकर्ताहरूले थ्रेड्सहरुमा उही खाताहरू पछ्याउन तुरुन्तै थिच्न (क्लिक गर्न )सक्षम हुनेछन ।
सामाजिक सञ्जालमा नयाँ सामाजिक सञ्जाल थ्रेड्स सेवाको पक्षमा धेरै मानिसहरू ट्विटरबाट यता सर्ने अपेक्षा सहित केही प्रयोगकर्ताहरूले थ्रेड्सलाई “ट्विटर किलर” अर्थात् ट्विटर घातक भनेर उल्लेख गरिरहेका छन्।
इन्स्टाग्राम टोलीद्वारा निर्मित र इन्स्टाग्राम खातामा सीधै जोडिएको छ । थ्रेड्सले ५०० वटा अक्षरहरुलाई प्रकाशन गर्न अनुमति दिन्छ । जसमा कडी (लिङ्क)हरू, तस्बिरहरु ,जीआइएफहरू, र अङ्कियदृश्य (भिडियो)हरू पाँच मिनेटसम्मको लामो प्रकाशन(पब्लिस )गर्न सकिनेछ ।
थ्रेड्स अहिले आईओएस र एन्ड्रोइड दुवैका लागि १०० भन्दा बढी देशहरूमा अधोभारण (डाउनलोड)का लागि उपलब्ध गरिएका छन्।
प्रतिक्रिया