डिसीमा लिफ्ट चालकलाई गोली हानी हत्या ,प्रहरी विभागद्वारा २५ हजार डलरको पुरस्कारको घोषणा

इनेप्लिज २०८० असार २३ गते १:४० मा प्रकाशित

अमेरिकाको राजधानी डिसीमा लिफ्ट चालकको गोली हानी हत्या गरिएको छ । साथै प्रहरी विभागले संदिग्ध बारे जानकारी दिनेलाई २५ हजार डलरको पुरस्कारको घोषणा गरेको छ ।

डिसीमा प्रहरीले शहरमा हालैका धेरै हिंसात्मक कार्यहरू मध्ये एक लिफ्ट चालकलाई गोली हानेर हत्या गर्ने संदिग्धहरूको खोजी गरिरहेको छ।

३१ वर्षीय नसरत अहमद यार गत सोमबार मध्यरातको केही समयपछि गाडी (कार)मा गोली लागेको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

निगरानी चित्रग्राहिणी (क्यामेरा)मा चार संदिग्धहरू घटनास्थलबाट भागेको देखिएको प्रहरीले बताए ।

यारको साथी, म्याथ्यू बटलरले वाशिंगटन डिसी,एबीसी सम्बद्ध डब्लुजेएलएलाई बताए अनुसार यार १० वर्षसम्म अफगानिस्तानमा अमेरिकी सेनाको लागि एक दोभाषे थिए।

उनी २०२२ मा फिलाडेल्फियामा सरेका थिए । उनिसंग अन्तिम पटक एक हप्ता अघि कुरा गरेको साथीले बताए । साथीका अनुसार उनले आफ्नै मालबाहक सवारी साधन ढुवानी संस्था (ट्रक कम्पनी )खोल्ने प्रयास गरिरहेका थिए ।

यारका श्रीमती र चार छोराछोरीहरू छन्।

प्रतिक्रिया