ब्रिटनी स्पीयर्सलाई सुरक्षाकर्मीले अनुहारमा झापड हाने पछि सामाजिक संजालमा प्रतिक्रिया

इनेप्लिज २०८० असार २२ गते १२:४५ मा प्रकाशित

अमेरिकी गायिका तथा गीतकार ब्रिटनी स्पीयर्सलाई सुरक्षाकर्मीले अनुहारमा झापड हाने पछि सामाजिक संजालमा प्रतिक्रिया दिएकी छिन । ब्रिटनी स्पीयर्सले बिश्व प्रसिद्ध फ्रान्सेली व्यवसायिक युवा बास्केटबल खेलाडी भिक्टर वेम्बन्यामालाई बधाई दिने क्रममा उनका सुरक्षाकर्मीले ब्रिट्नीलाई नहेरी झापड हानेका थिए ।

यस वर्षको शीर्ष छनौटमा एनबिए बास्केटबल खेलमा पुगेका फ्रान्सेली युवा सशक्त उदाउदो खेलाडी भिक्टर वेम्बन्यामाका लागि सुरक्षाकर्मी गकथित रूपमा आक्रमण गरेपछि ब्रिटनी स्पीयर्स सामाजिक संजाल मार्फत बोलेकी छिन् । बिहीबार ट्विटरमा प्रकाशन गरिएको एक वक्तब्यमा उनले पहिलो पटक वेम्बन्यामालाई लस भेगास स्थित अतिथिगृहको बरण्डा (लबी)मा रात्री भोजनको लागि जाँदै गर्दा देखेकी थिइन् । त्यस रात पछि उनले खेलाडीलाई अर्को चमेनागृह देखेकी थिइन् ।

स्पीयर्सले उनले वेम्बन्यामालाई चिनिन् र उनलाई बधाई दिन चाहन्थिन । त्यहाँ निक्कै भिड थियो र त्यसैले मैले उनको ध्यान खिच्नको लागि उसको काँधमा थप थपाएको गायिकाले सामाजिक संजालमा उल्लेख गरेकी छिन । त्यसपछि उसको सुरक्षाकर्मीले मलाई भीडको अगाडि पछाडि नहेरी अनुहारमा हिर्काएको बताइन ।

प्रहारले उनलाई लगभग ढाली सकेको र उनको चश्मा समेत झरेको बताएकी छिन । १९ वर्षीय फ्रान्सेली होनहार खेलाडीले आफूलाई “कति बल” प्रयोग गरिएको थियो भन्ने थाहा नभएको र उक्त व्यक्ति स्पीयर्स भएको केही घण्टापछि मात्रै थाहा भएको बताए।

स्पीयर्सले सुरक्षाकर्मीहरूको व्यवहारको आलोचना गरिन । “म पनि कम्तिमा २० जना प्रशंसकहरूको समूहले भरिएको थिएँ,” उनले भनिन्। “मेरो सुरक्षा टोलीले तिनीहरूमध्ये कुनै पनि प्रहार गरेन।”

तस्बिर : ब्रिट्नी स्पेयर्स सामाजिक संजाल

प्रतिक्रिया