विराटनगर,२१ असार । कोशी प्रदेशका नव नियुक्ति मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार बर्ष सञ्चालन हुने बताउनु भयो ।
प्रदेश प्रमुखको कार्यालयवाट मुख्यमन्त्री पदको नियुक्ति पत्र पाएपछि सञ्चारकमीहरुसँग कुरा गर्दै उहाँले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार बर्ष सञ्चालन हुने स्पष्ट पार्नु भयो ।
मुख्यमन्त्री थापाले प्रदेशको संरचना अनुसार गठबन्धन दलहरुको सदस्यहरुको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताउनु भयोृ ।
उहाँले प्रदेशको नामकरण वार्ताकोको माध्यमबाट निकास दिने विचार राख्नु भयो ।
एक प्रश्नको जवाफमा मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दावीमा हस्ताक्षर गर्नु भएको र उहाँले राजीनामा नदिने स्पष्ट पार्नु भयो ।
उहाँले प्रदेशको जनताको विकास,समृद्धि र सुशासनको चाहनालाई पुरा गर्ने उद्देश्य अनुरुप सरकारले कार्य गर्ने बताउनु भयो ।
प्रतिक्रिया