मुख्यमन्त्री कार्की–बकर इद शुभकामना सन्देश

इनेप्लिज २०८० असार १४ गते १:४५ मा प्रकाशित

विराटनगर, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व बकर इद (ईद उलअजाह) २०८० को सुखद् अवसरमा आज यहाँ एक शुभकामना सन्देश दिनु भएको छ।

मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा महान पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि दीर्घायु एवं उत्तरोरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त्त गर्नु भएको छ।

सन्देशमा उहाँले विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहन सहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ—आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नु भएको छ।

मुख्यमन्त्री कार्कीले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इद (ईद उलअजाह) चाँडको आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको उल्लेख गर्नु भएको छ।

उहाँले इस्लाम धर्मावलम्बीहरुको महानपर्व बकर ईद ( ईद उलअजाह) पवित्र रमजान पर्वको ७० औ दिनमा मनाउने धार्मिक विधि रहेको उल्लेख गर्दै यस दिन मुस्लिम धर्मावलम्बीहरुले विहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामुहिक रुपमा नमाज पढ्ने र नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्दै हार्दिकता व्यक्त गर्दछन् ।

मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायमा आपसी सद्भावको चाडको रुपमा मनाइने यो पर्वले सबै नेपाली बीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेतिरत गरेको उल्लेख गर्नु भएको छ।

उहाँले यो पर्वले आगमी दिनमा हामी सबै प्रदेशवासीहरुलाइ पनि आपसी सद्भाव र प्रेमका साथ सहकार्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदास गरोस भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

हाम्रा जुन सुकै पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरुबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा सहित फेरी पनि विश्वभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीहरु सहित सबै नेपालीहरुमा ‘ बकर ईद (ईद उलअजाह)’ को अवसरमा हार्दिक शुभकामना व्यक्त्त गर्दछु सन्देशमा मुख्यमन्त्री कार्कीले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया