बकरिद पर्व भोलि

इनेप्लिज २०८० असार १३ गते २२:५० मा प्रकाशित

विराटनगर, १३ असार(रासस) : ईस्लाम धर्मावलम्बीहरुले मनाउने महान चाड बकरिद(ईद उल अजहा) भोलि मनाउने भएका छन् ।

बकरिद पर्व रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

धार्मिक मान्यता अनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नु पर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशत्र भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जत्रत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत(दुवा) मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीक्षण स्वरुप सपनामा कुर्बानी गर्नु पर्छ भन्दा उनले धेरै जनावरहरु कुर्बानी त गरे तर अल्लाह खुशी भएको थिएन । अन्तिममा उनले आफ्ना सबै भन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडिमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जत्रतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानु पर्ने धार्मिक मान्यता छ । भोलि पर्व मनाउनका लागि मुसलमानहरुले सबै किसिमका तयारीमा जुटेका छन् ।

गएको वर्षमा बकरिद पर्व असार २६ गते भएको थियो । इस्लाम धर्म अनुसार प्रत्येक वर्ष अर्बी क्यालेण्डर अनुसार १०÷१० दिन पछि सर्दै जान्छ । जसले गर्दा ३६ वर्षको अवधिमा सबै चाडपर्व एक फन्को लगाईसक्छ । यस पटक नेपालबाट एक हजार ४४४ जना हज गर्न साउदीको मक्का पुगेका छन ।

बकरिद पर्वका निम्ति गरिने कुरबानी(बली)का लागि खरिद गरिने जनावर पूर्ण रुपमा स्वस्थ हुनु पर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु हुँदै र हेर्न पनि आकर्षक हुनु पर्छ । बिना मोलमोलाई खरिद गरिने कुर्बानीका लागि मानिसहरुले सके घरका सबै मानिसहरु नभए घरको अभिभावको नामबाट कुर्बानी गर्ने चलन छ । ठूलो जनावरमा (राँगा, भैँसी, उट जस्ता अन्य जनावर जुन हलाल छन्)त्यसमा सात जना मिलेर कुर्बानी गर्नु पर्छ भने साना जनावर जस्तै, खसी, बहिला बाख्रा, दुम्बा एक जनाले एक कुर्बानी गर्नु पर्छ । कतिपय मानिसहरुले मृत आत्मा, बुबा, हजुर बुबाआमा, पत्नी वा पतिका नाममा कुर्बानी दिने चलन छ ।

तीन दिन धुमधामसँग मनाने यो पर्वका निम्ति नेपाल मुस्लिम सङ्घले यसवर्ष लगभग रु एक करोड भन्दा बढीको जनावर खरिद गरेर मुस्लिम समुदायमा वितरण गरेको छ । यसबाट गरिब एवं विपत्र परिवारलाई धेरै लाभ मिलेको पाइन्छ ।

अरब देशमा आज मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा भोलि मनाउने भएका छन् । किनकी यी देशका नागरिकहरुले पनि अरब देशका भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ ।

झापा विर्तामोड निवासी स्मार्ट टेलर्सका सञ्चालक हाजी सहिदुल हकले यो पर्वले हामी मुसलमान समुदायमा उमङ्ग र उत्साह थपेको बताउनुभयो । उहाँले मैलै कुर्बानीका लागि खरिद गरिएको खसी मोलाई नगरी खरिद गरेको बताउनुभयो ।

सुनसरी चाँदबेला निवासी सलाम मियाँले मैले खसी र भैँसी दुबै कुर्बानी दिने जनाउनुभयो ।

विराटनगर जनपथ निवासी करिया मियाँले यस वर्ष आफू कुर्बानी गर्न नपाउँदा निकै दुःख लागेको र आगामी वर्ष निश्चित रुपमा कुर्बानी गर्ने जानकारी दिनुभयो ।

कुर्बानीका अहिले बजारमा खसी, बाख्रा, भैँसी र राँगाको मूल्य पनि अकासिएको छ । इद उल अजहाको नमाज इदगाह वा मस्जिदमा सामूहिक रुपमा पढ्ने गरिन्छ ।

प्रतिक्रिया