काठमाडौ, नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुनेछ ।
संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले जारी गरेको सूचनामा आजको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्यरूपमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ, ‘बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।’
प्रतिक्रिया