बालेन शाह जंग बहादुर राणाको अर्को रुप हो !

इनेप्लिज २०८० असार ८ गते २१:३० मा प्रकाशित

बालेन शाह जंग बहादुर राणाको अर्को रुप हो । सेनाहरु, प्रहरीहरू र सशस्त्र प्रहरीहरूले बालेन शाहलाई साथ दिनुपर्छ ।

बालेन शाहले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसदलाई चुनौती दिई रहेका छन । बालेन शाहले सत्ता कब्जा गर्ने संभावना अत्याधिक रहेको छ । बालेन शाह बाट सत्ता कब्जा हुन अपरिहार्य पनि छ ।

राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र व्यवस्थाको दुरुपयोग गरेका छन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र व्यवस्थाको भद्दा मजाक उडाएका छन ।

मुलुकमा प्रायजसो प्रधानन्यायाधीश र न्यायाधीशहरु पार्टीगत छन । बालेन शाहले पार्टीगत न्यायाधीशहरुको फैसला मान्नुपर्छ भन्ने छैन । बालेन शाहले जे गरेका छन ठिक गरेका छन । मुलुकमा जताततै विकृति र बेथिति मात्र छ । मुलुकको पुरै प्रणालीमा खराबी छ । मुलुकको प्रणालीमा नै सुधार आवश्यक छ ।

मुलुकमा सांसदहरू र नेताहरूको काण्डै काण्ड छन ओम्नि भ्रष्टाचार काण्ड, यति भ्रष्टाचार काण्ड, ७० करोड भ्रष्टाचार काण्ड, बालुवाटार (ललिता निवास काण्ड), नक्कलि लडाकु प्रकरण (क्यान्टोनमेन्ट काण्ड), सिसि टिभि फुटेज काण्ड, नेपाल स्टक एक्स्चेन्ज काण्ड, ढाका राम श्रेष्ठ को साडे २ करोड काण्ड, कृष्ण बहादुर महरा ५० करोड काण्ड, पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार काण्ड, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार काण्ड, बालुवाटारको सरकारी जग्गा बेचबिखन काण्ड, सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार काण्ड, कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको भ्रष्टाचार काण्ड, कोरोना भाइरसको महामारीमा सुलभ अग्रवालले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको काण्ड, नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग भएको भ्रष्टाचार काण्ड र ३३ किलो सुन तस्करी काण्ड यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र नाबालक सहित कैलालीको टीकापुरमा आठ जनाको हत्याकाण्ड, निर्मला पन्त बलात्कार काण्ड, अपहरण काण्ड र अब हुँदाहुँदै नेपाली नागरिकहरु बेचबिखन काण्ड (मानव तस्कर काण्ड) मुलुकमा भ्रष्टाचार काण्ड, हत्याकाण्ड, सुन तस्करी काण्ड, बलात्कार काण्ड, कालोबजारी गर्ने काण्ड, जलहरी काण्ड र मानव तस्करी काण्ड आदि इत्यादि नेताहरू र सांसदहरूको काण्डै काण्ड छन । तापनि पार्टीगत कार्यकर्ताहरु र दासहरुलाई हाम्रा र मेरा नेताहरू भन्न लाज शरम लाग्दैन ? तिम्रा नेताहरू र सांसदहरू कुन चाहिं ठिक र गतिला छन । जो चोर उसको ठुलो स्वर लाज लाग्दैन ?

बालेन शाह नै जंगबहादुर राणाको अर्को रुप हो । अब बालेन शाहले नै सत्ता कब्जा गर्छन । मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसद इतिहासमा नै कलंकित र असफल प्रमाणित भएका छन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया