विराटनगर, ८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको तथ्याङकमा आधारमा योजना निर्माण गरेमा समृद्धि प्राप्त हुने बताउनु भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश योजना आयोगको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र कोशी प्रदेश योजना आयोगद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘कोशी प्रदेश समृद्धिको नविन आधार सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उहाँले राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रदेशबाट आवश्यक सहयोग प्रदान गर्नेतर्फ दिनु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निर्माणका कार्यमा केही प्राथमिकता राख्न चुकेकोले केही क्षेत्रमा विकासको सन्तुलन कायम हुन नसकेकोमा चर्चा गर्दै आगामी वर्षको वजेटमा यसलाई सुधार गर्दै लैजान प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उहाँले प्रदेशमा औद्योगिक उत्पादन ,निर्माण सामाग्री उत्पादन घट्नाले राजश्व संकलनमा लक्ष्य अनुसार प्राप्ति नभएको चर्चा गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि मुख्य आधारमा आफ्नो अर्थतन्त्रको वृद्धि र खर्च गर्ने क्षमता वढाउनु भएको बताउनु भयो ।
उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका लागि सङ्घीय सरकारले निजामती ऐन चाँडै ल्याउन पर्नुमा जोड दिनु भयो ।
प्राडा शिव अधिकारीले कोशी प्रदेशः समृद्धिका नवीनतम आधार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रदेशको पहिलो आवधिक योजना कार्यान्वयनको पुनरालकेन गरी स्वच्छ र सृमद्धि प्रदेश बनाउनु गोष्ठीको मुख्य उद्देश्य रहेको छ।
प्रतिक्रिया