मेक्सिकोको बाहा क्यालिफोर्नियमा रहेको अतिथीगृहको कोठामा २ जना अमेरिकी नागरिक मृत फेला परेका

इनेप्लिज २०८० जेठ ३२ गते ११:४८ मा प्रकाशित

मेक्सिकोको बाहा क्यालिफोर्नियामा रहेको एक अतिथीगृहको कोठामा २ जना अमेरिकी नागरिक मृत फेला परेका छन् ।

मेक्सिकोको बाहा क्यालिफोर्निया प्रायद्वीपमा रहेको समुद्रीतट छिमेकमा प्रहरीले गत बुधबार दुई अमेरिकीहरू आफ्नो पाहुनाघर( हेटल) कोठामा मृत फेला परेको बताएको छ।

मंगलबार एल पेस्काडेरो छिमेकमा मृत्यु भएको प्रहरीले जनाएको छ। यो शहर बाहा क्यालिफोर्निया सुर राज्यको टोडोस सान्तोस र लस क्याबोसको आश्रयस्थल( रिसोर्ट) बीचमा अवस्थित छ।

अमेरिकी अधिकारीहरूले यस घटना बारेमा जानकारी रहेको तर गोपनीयता चिन्ताका कारण टिप्पणी गर्न नसक्ने बताए।

पीडितहरुको नाम र गृहनगर बारे तत्काल कुनै जानकारी दिईएको छैन ।

प्रहरीका अनुसार स्वास्थ्यकर्मीहरुले (प्यारामेडिक) गत मंगलबार अमेरिकीहरूको आफ्नो कोठामा बेहोस भएको खवर पाएका थिए।

मृत्युको कारण ग्यासको कारण निस्सासिएर भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया