प्रदेश प्रमुख खापुङ्गद्वारा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

इनेप्लिज २०८० जेठ ३१ गते २१:५० मा प्रकाशित

विराटनगर,३१ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक –२०७९ आज प्रमाणीकरण गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा २०१ को उपधारा (२) वमोजिम प्रमाणीकरण गर्नु भएको प्रदेश प्रमुखका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विधेयक प्रमाणीकरण पश्चात कानूनी रुपमा प्रदेश सरकार अन्तर्गतका सम्पूर्ण कार्यालयमा ‘कोशी प्रदेश’ नामकरण लेख्नु पर्छ ।

प्रतिक्रिया