समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस गर्दैछौं: पुष्पकमल दाहाल प्रचन्ड

इनेप्लिज २०८० जेठ ३१ गते १०:५० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा हुँदै फेरि नयाँ नेकपासम्म पुग्न छलफल भइरहेको बताएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सीधा र सरल नहुने बताएका हुन्।

प्रचण्ड भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताको प्रयास गर्दैछौं । समाजवादी मोर्चाको दस्तावेज लगभग टुंगाएका छौं ।

हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।’

उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने बताउँदै एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताए ।

प्रतिक्रिया