विराटनगर,३० जेठ । कोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०÷८१ बार्षिक नीति कार्यक्रम छलफलका लागि स्विकृति गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको वैठकले उक्त्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनु भयो ।
यस्तै बैठकले प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सरकारको बार्षिक नीति कार्यक्रम प्रदेश सभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
प्रदेश प्रमुखको प्रदेश सभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि प्रदेश सभालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्त्ता सिटौलाले बताउनु भयो ।
प्रतिक्रिया