असुरक्षित बन्दुकको गोली लागेर गल्तिले अमेरिकाको मिशिगनमा एक बालकको मृत्यु: प्रहरी

इनेप्लिज २०८० जेठ ३० गते ०:१९ मा प्रकाशित

असुरक्षित बन्दुकको गोली लागेर गल्तिले अमेरिकाको मिशिगनमा एक बालकको मृत्यु भएको छ । मिशिगनमा एक २ वर्षीय बालकको आइतबार साँझ असुरक्षित बन्दुक प्रयोग गरेपछि दुर्घटनावश गोली चल्दा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

होवेल मिशिगनको रोलिङ ओक्स उपविभागमा होवेल प्रहरी विभागको एक बिज्ञप्ति अनुसार प्रहरीलाई सुरुमा साँझ ६ बजे गोली हानाहान भएको जानकारी दिइएको थियो ।

एक अढाई बर्षको बच्चालाई एक असुरक्षित बन्दुकको गोली लागेको खबर प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। पीडितलाई स्थानीय अस्पतालमा लगिएको तर बालकलाई अस्पतालमै मृत घोषित गरिएको थियो।

होवेल प्रहरी विभागले घटनाको बारेमा थप विवरणहरू जारी गरेको छैन भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

२०१५ देखि २०२२ को बीचमा, कम्तिमा ८९५ जना ५ वर्ष मुनिका बालबालिका तथा शिशु सदनहरुमा पढ्ने बिधार्थीहरु आफूले या अरू कसैलाई गोली हानेका थिए। कम्तिमा ९३३ बालबालिकालाई घाइते वा मारिएका एक सर्वेक्षण गर्ने सँस्था एभ्रीटाउनले जनाएको छ ।

मिशिगनका गभर्नर ग्रेचेन ह्वाइटमरले बन्दुकका लागि सुरक्षित भण्डारण आवश्यकताहरू आवश्यक पर्ने बिधेयकहरूमा हस्ताक्षर गरेपछि होवेल गोलाबारी पनि दुई महिनाभन्दा कम समयमा भएको छ।

प्रतिक्रिया