अमेरिकाको मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको एक भोजमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
गोलाबारी राती ८ बजे भएको अधिकारीहरूले बताएका छन् ।
एनापोलिसको प्याडिंगटन प्लेस नामक मार्गको १०० घर संख्या रहेको निजी निवासमा गोली काण्ड भएको एनापोलिस प्रहरी विभागको विज्ञप्तिमा जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार त्यहाँ बिधार्थीहरुले आफ्ना बिद्यालय/महाबिद्यालयमा पढाई सकेर रात्री भोजको आयोजना गरेको हुन् सक्ने बताईएको छ ।
मृत्यु हुनेमा सबै पुरुष रहेका एनबिसी वाशिंगटनले जनाएको छ । उनीहरुको उमेर २० देखि ५० वर्षसम्म रहेको प्रहरीले जनाएको छ । घाइते तीन जनालाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको छ ।
प्रहरीले एकभन्दा बढी हतियार बरामद गरेको र गोली हानाहान भएको हुन सक्ने बताएको छ । एक व्यक्तिलाई हिरासतमा लिइएको छ भने अहिलेसम्म कुनै अभियोग लगाइएको छैन ।
प्रतिक्रिया