द लिटल मरमेड: एकपटक अबश्य हेर्नुहोला

--नवीन रायमाझी

इनेप्लिज २०८० जेठ २५ गते २३:५३ मा प्रकाशित

सन् १९८९ मा रिलिज एनिमेसन सिनेमा “द लिटल मरमेड” लाई स्पेसल इफेक्ट को सहायता मा “लाइभ एक्सन” सिनेमा अर्थात एनिमेसन कलाकार र ज्यूँदा कलाकार को अन्तरक्रिया र सम्बाद हुने त्यही नाम मा शुक्रबार (२६ मे) मा रिलिज गरिएको छ। यो सिनेमा को निर्माता वाल्ट डिज्नी स्टूडियोजले यस्तो प्रयोग धेरै पटक गरेको छ र अत्याधिक सफल पनि भएको छ. यो सिनेमा मा समुन्द्र को राजा एरियल को छोरी को कथा छ, जो सन् १८३७ देखी सुन्दै आएको हो। लिटल मरमेड अर्थात सानी जलपरी को कथा मा आधारित यो सिनेमा पुरानै कथा तर थ्री डि र आइ म्याक्स जस्ता नयाँ प्रबिधीमा निर्माण भएको छ।

पुरानो सिनेमा को कथा लाई थोरै अदल बदल गरेको भए पनि मूल कथा उस्तै छ। समुन्द्र को राजा इरिक (जोन हाउर) को तिन छोरी मध्य सबैभन्दा सानी छोरी एरियल (हेली बेयली) साहसी छिन. समुन्द्र मा डुबेका जहाज हरुलाई देखेर पानी माथि कस्तो होला भनेर विचार गर्नु उनको सौख हो/ घरका सदस्य हरुको कुरा लाई बेवास्ता गर्दै एक दिन एरियल पानी माथि को सँसार मा पुग्छिन।त्यसैबीच उनले समुन्द्र मा डुबेको एक राजकुमार लाई पनि बचाउन सफल हुन्छिन। त्यसपछी के के हुन्छ? एरियल को ज्यान जान्छ? उनको सहयोग ले पुनर्जिबन पाएको राजकुमार ले उनलाई के गर्छ? यस्ता प्रश्न हरुको जवाफ थाहा पाउन सिनेमा नै हेर्नु पर्छ।

निर्देशक रब मार्शल ले पटकथा लेखक डेबिड मग्गी सँग मिलेर सिनेमा लाई २ घण्टा १५ मिनेट लामो बनाएका छन्, जो सिनेमा को सबैभन्दा ठुलो कमजोरी हो. सङ्गीतकार एलन मेनकेन ले पुरानै गित लाई यो पटक पनि नयाँ शैली को धुन बनाएका छन्, पछिल्लो सिनेमा को गित को निमित्त उनलाई ओस्कार अवार्ड प्राप्त भएको थियो. डायोन बिब्सले पानी मुनि को सँसार (काल्पनिक नै भए पनि) लाई आफ्नो क्यामरा मा उत्कृष्ट तरिका ले कैद गरेका छन् र सम्पादक वायट स्मिथको सम्पादन मा कतै “जर्क” आउँदैन. एनिमेसन सिनेमा भएको कारण कलाकार हरुको अभिनय भन्दा पनि प्रबिधी “हाबी” छ र यस्तो सिनेमा मा कलाकार हरुको अभिनय केही तल माथि भयो भने पनि खासै मतलब राख्दैन. यद्वपी सिनेमा मा मुख्य कलाकार हरुको साथै मलिसा म्यक्याथी, इमली कोट्स, सिमोन एस्ले, जोडी बेन्सेन जस्ता उत्कृष्ट कलाकार हरुले अभिनय गरेका छन्, जो आफ्नो आफ्नो स्थान मा ठिक छ।

मुलत केटाकेटी हरुको मनोरन्जनको लागि निर्माण भएको भए पनि ठुला हरुलाई पनि यो सिनेमा हेर्दा समय गएको पत्तो हुँदैन. हिँसा, अश्लिल दृश्य बेगर पनि दर्शनीय सिनेमा को निर्माण हुनसक्छ भन्ने उदाहरण यो सिनेमा ले प्रस्तुत गरेको छ, जो तारिफयोग्य छ/ यदी तपाईं सँग समय छ भने एकपटक अबश्य हेर्नुहोला।

@twiter#naviinr

—नवीन रायमाझी

प्रतिक्रिया