ग्रीनल्याण विद्यालयका ३९ जना विद्यार्थीहरुले उच्च शिक्षामा निःशुल्क छात्रवृत्ति प्राप्त

इनेप्लिज २०८० जेठ २५ गते २१:३१ मा प्रकाशित

विराटनगर,२५ जेठ(रासस):विराटनगर–९स्थित ग्रीनल्याण्ड सेकेण्डरी स्कुलबाट १२ कक्षा उत्तीर्ण गरेका ३९ जना छात्रछात्राले उच्च शिक्षा अध्ययन गर्न विभिन्न विधामा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् ।

विद्यालयलयद्वारा आज यहाँ आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा सो जानकारी दिइएको हो ।

यसरी छात्रवृत्ति प्राप्त गर्नेहरुमा चिकित्सा शिक्षा अध्ययनतर्फ पाँच, विएस्सी नर्सिङ्गतर्फ छ, इन्जिनियरिङमा १३, बि फर्मामा दुई, बिएमएलटिमा छ, बिएस्सी कृषिमा तीन, बिभि विज्ञानमा एक र बिबिएमा तीन जना रहेका छन् ।

सो अवसरमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य दिपक पोखरेल, निर्देशक राजीव मिश्रा संस्थापक कृष्ण यादव, र पिताम्वर लुइेटेल सम्मान गर्दै शिक्षक , अभिभावकहरुको मार्गदर्शन , सुझाव एवं विद्यार्थीहरुको लगनशीलता सफलता प्राप्त गरेको बताउनु भयो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु इच्छा खतिवडा, समीक्षा कार्की, कुन्दन यादवले गुरुहरुको गुणस्तरीय अध्ययनले आज सफलता प्राप्त गर्न सफल भएको धारणा राख्नु भयो ।

विद्यालयले कक्षा ११ देखि विद्यार्थीहरुलाई इन्जिनियरिङ , चिकित्सा शिक्षा र व्यवस्थापनतर्फको प्रवेश परीक्षाको तयारी कक्षाहरु सञ्चालन गर्दै आइरहेको निर्देशक मिश्राले जानकारी दिनु भयो ।

विसं २०७१ नयाँ व्यवस्थापनमा सञ्चालित विद्यालयमा हाल विज्ञान, कम्प्यूटर , व्यवस्थापन र होटल व्यवस्थापन गरी एक हजार पाँच सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

आर्थिक वर्ष २०७९÷८० मा मोफसलबाट विद्यालयका विद्यार्थीहरुले सबैभन्दा धेरै छात्रवृत्ति निकाल्ने सफल भएको बताइएको छ ।

प्रतिक्रिया