धनगढी्, जेठ १७÷ गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसका विरुद्ध सरकारका विरुद्ध आन्दोलन गरिने एमालेले चेतावनी दिएको छ । बुधबार एमाले कैलालीमा बसेको पार्टीको बैठकले सुदूरपश्चिमका जनताको भाग्य रभविश्यमाथी खेलवाड गर्ने, सुदूरपश्चिमको विकास प्रति सरकार विभेदकारी देखिएको भन्दै सो निर्णय तत्काल नसच्चिइको खण्डमा त्यसका विरुद्ध कडा भन्दा कमडा आन्दोलन थालिने एमाले कैलालीले निष्कर्ष निकालेको छ ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीको अध्यक्षतामा सप्पन्न बैठकले समसामयिक विषयमा छलफल गरेको छ ।
धनगढीमा उपलब्ध जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको सो वैठकले सरकारले गेटा विश्व बिधालयलाइ बजेट बिनियोजन मा उपेक्षा गरेको बिरोधमा एमाले सुदुरपस्चिमका सबै सरोकारवाला निकायलाइ संगठित गरेर आन्दोलनको थालनी गर्ने,कैलालीको चुरे गाउँ पालिकामा वन प्रसासनले वास्तविक सुकुम्बासीको बैकल्पिक ब्यवस्था नगरेर अमानवीय ढंगले टहरामा आगो लगाएर बेघरबार बनाउने कार्यले सुकुम्बासीको पिडामा पीडा थप्ने कार्य भएकोले वास्तविक पीडितलाई तत्काल पुनःस्थापन गरिनु पर्ने भन्दै सुकुम्बासीको पक्षमा एमालेले अगुवाइ गर्ने समेत निर्णय गरेको छ । बैठकमा गेटा स्थिता दशरथ चन्द राष्ट्रिय विश्वविद्यालयमाथी सरकारले गरेको उपेक्षा र वर्तमान सरकारले नागरिकता विद्ययक प्रमाणीकरण गरेको लगायतका रास्ट्र्घाती कार्यका विरुद्धमा पनि केन्द्रिय निर्देशन अनुसार आन्दोलन गर्ने समेत छलफल गरेको छ ।
निर्णय तत्काल सच्याउन एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको माग
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पनि सरकारले आफ्नै निर्णयविरुद्ध गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर बजेटमा समावेश गरेकोप्रती ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले बुधबार विज्ञप्ति जारी गर्र्दै मन्त्रिपरिषद्को निर्णय, सरकारको नीति तथा कार्यक्रमको समेत विपरीत हुनेगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा खेदजनक भएको उल्लेख गरेका छन् ।
६ सय शैयाको अस्पताल सञ्चालन गर्नेगरी भौतिक संरचना निर्माण भइसक्दा एक सय शैयाको अस्पताल र प्रतिष्ठान बनाउन बजेट विनियोजन गर्ने निर्णय सरकारले प्रदेशबासीसँग गरेको विपरीत भएको पनि जारी विज्ञप्तीमा भनिएको छ ।
‘नेपाल सरकारको यो घोषणाले गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भन्दा पनि निर्माण भएको अरबौँको संरचनालाई अलपत्र पारेर १०० शैयाको अस्पताल सञ्चालन गर्ने नियत देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्णय तत्काल सच्याउदै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न जोडदार माग गर्दछौँ ।’
यसैगरी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले धनगढीमा सरकार र भारतविरुद्ध विरोध प्रदर्शन गरेको छ । बुधबार धनगढीको पार्कमोडमा अनेरास्ववियुको जिल्ला कमिटीले सरकार र भारतविरुद्ध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुका केन्द्रिय सदस्य एवं कैलाली ईन्चार्ज किशोर शाहले एमाले र अनेरास्ववियुले बुधबार ईतिहासकै कालो दिन मनाएको जानकारी दिए । उनका अनुसार विद्यार्थीहरु राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणको विरूद्धमा आन्दोलित बनेका हुन् । यस्तै भारतले आइतवार ‘अखण्ड भारत’ भनेर सार्वजनिक गरेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको क्षेत्रलाई समेटिएको विषयका विरुद्ध पनि अनेरास्ववियुले प्रदर्शन गरेको हो । त्यस्तै अहिलेको सरकारले गेटामा चिकित्सा विश्वविद्यालय बनाउने भनेर निर्णय गरेकोमा बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि सो विषयमा पनि अनेरास्ववियुले विरोध जनाएको हो ।
पार्कमोडमा साँझ साँकेतिक विरोध स्वरुप टायर बालेर विरोध प्रदर्शन गरिएको र आगामी दिनमा थप आन्दोलका कार्यक्रम तय गरिने पनि अनेरास्ववियूले जनाएको छ ।
गेटामा विश्वविद्यालय माग्दै आन्दोलन, निर्णय सच्याउन एमालेको माग, एमाले अखिलद्धारा द्दनगढीमा प्रदर्शन
धनगढी्, जेठ १७÷ गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसका विरुद्ध सरकारका विरुद्ध आन्दोलन गरिने एमालेले चेतावनी दिएको छ । बुधबार एमाले कैलालीमा बसेको पार्टीको बैठकले सुदूरपश्चिमका जनताको भाग्य र भविष्य माथी खेलवाड गर्ने, सुदूरपश्चिमको विकास प्रति सरकार विभेदकारी देखिएको भन्दै सो निर्णय तत्काल नसच्चिइको खण्डमा त्यसका विरुद्ध कडा भन्दा कडा आन्दोलन थालिने एमाले कैलालीले निष्कर्ष निकालेको छ ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न बैठकले समसामयिक विषयमा छलफल गरेको छ ।
धनगढीमा उपलब्ध जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको सो वैठकले सरकारले गेटा विश्व बिधालयलाइ बजेट बिनियोजन मा उपेक्षा गरेको बिरोधमा एमाले सुदुरपस्चिमका सबै सरोकारवाला निकायलाइ संगठित गरेर आन्दोलनको थालनी गर्ने,कैलालीको चुरे गाउँ पालिकामा वन प्रसासनले वास्तविक सुकुम्बासीको बैकल्पिक ब्यवस्था नगरेर अमानवीय ढंगले टहरामा आगो लगाएर बेघरबार बनाउने कार्यले सुकुम्बासीको पिडामा पीडा थप्ने कार्य भएकोले वास्तविक पीडितलाई तत्काल पुनःस्थापन गरिनु पर्ने भन्दै सुकुम्बासीको पक्षमा एमालेले अगुवाइ गर्ने समेत निर्णय गरेको छ । बैठकमा गेटा स्थिता दशरथ चन्द राष्ट्रिय विश्वविद्यालयमाथी सरकारले गरेको उपेक्षा र वर्तमान सरकारले नागरिकता विद्ययक प्रमाणीकरण गरेको लगायतका रास्ट्र्घाती कार्यका विरुद्धमा पनि केन्द्रिय निर्देशन अनुसार आन्दोलन गर्ने समेत छलफल गरेको छ ।
निर्णय तत्काल सच्याउन एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको माग नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पनि सरकारले आफ्नै निर्णयविरुद्ध गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर बजेटमा समावेश गरेको प्रती ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णय, सरकारको नीति तथा कार्यक्रमको समेत विपरीत हुनेगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा खेदजनक भएको उल्लेख गरेका छन् ।
६ सय शैयाको अस्पताल सञ्चालन गर्ने गरी भौतिक संरचना निर्माण भइसक्दा एक सय शैयाको अस्पताल र प्रतिष्ठान बनाउन बजेट विनियोजन गर्ने निर्णय सरकारले प्रदेशबासीसँग गरेको विपरीत भएको पनि जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया