विराटनगर, १५ जेठ(रासस): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित १६ औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले आमनागरिकले अनुभूति गर्ने किसिमको प्रदेश सरकारले काम गरिरहेको चर्चा गर्दै इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्ने बोल्नुभयो ।
उहाँले मुलुकमा स्थापित गणतन्त्रले सबै वर्ग, जाति र समुदायलाई मूल प्रवाहमा ल्याएको बताउँदै प्रदेशको नामकरण पछि केही शक्त्ति र व्यक्त्तिले गरिहेको आन्दोलन एवं विरोधको कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण हुनु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले हिंसाको गतिविधिलाई छाडेर सरकारसँग वार्ता र सम्वाद गर्न अपील गर्दै उहाँले भत्रुभयो, ‘ मुलुकको सद्भाव र शान्तिलाई कसैले पनि बिगार्नु हुँदैन ।’
सहमति र वार्ताबाट समस्या समाधान गर्न आन्दोलनकारीहरुलाई आग्रह गर्दै मुख्यमन्त्रीप् कार्कीले भत्रुभयो, ‘ आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन् गर्नु हुँदैन ।’
उहाँले गणतन्त्रमा रोजगार र सामाजिक सुरक्षाको सुनिश्चिता संविधानले नै गरेको धारणा राख्दै मुलुकको अर्थतन्त्रालाई बलियो बनाउन सबैले आ–आफ्नो तहबाट प्रयास गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री काकीले सङ्घीय लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहीद भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवं अपाङ्ग भएकाहरुको शीघ्रस्वास्थ्य लाभको काम गर्नु भयो ।
उहाँले गणतन्त्र दिवसको शुभअवसरमा देश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सुख, शान्ति र समृद्धिको शुभकामना पनि दिनुभयो ।
कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले लोकतन्त्र र गणतन्त्रात्मक व्यवस्थाले जनताको सुशासन र अधिकारहरु स्थापित गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा लोकतन्त्र प्राप्तिमा योगदान दिने पत्रकार मोहनप्रसाद भण्डारी, श्यामकृष्ण राई र नरबहादुर लिम्बूलाई जनही रु एक लाख राशि बराबरको लोकतान्त्रिक पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरियो ।
प्रतिक्रिया