विराटनगरका केही क्षेत्रमा अर्को आदेश नभएसम्म धर्ना, विरोधसभा ,जुलुस र र्याली गर्न निषेध

इनेप्लिज २०८० जेठ १३ गते ११:०६ मा प्रकाशित

विराटनगर,१३ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १३ गते विहान ६ बजेदेखि अर्को आदेश नभएसम्म केही स्थानमा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनै किसमको सभा, जुलुस, भेला ¥याली धर्ना कार्य गर्न निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा कोशी प्रदेश नामकरणप्रति असमत पक्षहरुद्वारा गरिने विरोध धर्ना जुलुसले नगर क्षेत्रमा शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा समितिको निर्णय अनुसार उक्त निषेध जारी गरेको जनाएको छ ।

मोरङका प्रमख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवजारी सूचनामा निधेधित क्षेत्रमाहरुमा प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि– रोडशेष चोक र दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्रीनिवास– वरिपरि तीन सय मिटरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ – डाँफे चोकदेखि पूर्वको क्षेत्र रहेका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६५(३क) वमोजिम उक्त्त निषेध जारी गरिएको सूचनामा जनाइएको छ।

प्रतिक्रिया