दिमाग खराब नामक निर्माणाधीन नेपाली चलचित्र उत्तर अमेरिकाको लागि ई-पिक र एभरेष्ट इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरकको अधिकार प्राप्त

इनेप्लिज २०८० जेठ ११ गते २२:०९ मा प्रकाशित

दिमाग खराब नामक निर्माणाधीन नेपाली चलचित्र उत्तर अमेरिकाको लागि ई-पिक र एभरेष्ट इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरकको अधिकार प्राप्त गरेका छन । प्रारम्भिक चरणमा बन्दै गरेको नेपाली चलचित्रको लागि अहिले नै उत्तर अमेरिकाको लागि ई-पिक र एभरेष्ट इन्टरटेन्टमेन्टलाई वितरक प्रदान गरिएको छ ।

वितरक द्वयले अहिले देखि नै अमेरिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न चाहनेले आरक्षित(बुकिङ्ग )गर्न खुला गरिएको सामाजिक संजाल मार्फत सबैलाई जानकारी दिएका छन ।

नेपाली चलचित्र लुट ,लुट २ नामक सफल चलचित्र दिई सकेका चर्चित् निर्देशक निश्चल बस्नेतको निर्देशनमा ‘दिमाग खराब’ कार्तिक २४ गतेबाट प्रदर्शन हुने योजना रहेको छ ।

कलाकारहरुमा दयाहाङ राई,अर्पण थापा,स्वस्तिमा खड्का , खगेन्द्र लामिछाने, विजय बराल रहेका छन् भने आकाश बरालको पटकथा लेखन रहेको छ।

कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ }। निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहेका छन् ।

प्रतिक्रिया