क्यानडाको एडमण्टनमा सातौँ गोर्खा कप सम्पन्न

सुरेन उप्रेती एडमण्टन २०८० जेठ १० गते ०:४७ मा प्रकाशित

क्यानडाको एडमण्टनमा २०१६ मा स्थापना भएको हिमालय रकी स्पोर्टस् क्लव( HIMALAYA ROCKY SPORTS CLUB HRSC)EDMONTON)ले भिक्टोरिया-डेको बिदाको अवसरमा मे २० र २१ गोर्खा कप सकर प्रतियोगिता सम्पन्न भयो। क्यानडाभरी रहेका नेपाली फुटवल खेलाडीहरूलाई आमन्त्रण गरिएको थियो । प्रतियोगितामा लेथब्रिज, क्यालगरी, एडमण्टन, डाउनटाउन, डगन, अलार्डका टिमहरूको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा बिभिन्न उमेर समुहका खेलाडीहरूका बिचमा प्रतिष्पर्धा गराइएको थियो । खुल्ला उमेरसमुहमा गोर्खा वारियर स्पोर्ट्स क्लब एडमण्टन, डाँफे स्पोर्ट्स क्लब क्यालगरी र ला रोयल एफसि लेथब्रिजका टिम थिए । ३० बर्ष माथिको उमेरसमुहमा टिम मिडोज एडमण्टन टिम, डगन एडमण्टन र टिम सगरमाथा एफसी क्यालगरी रहेका थिए । त्यस्तै गरी , ४०बर्ष माथिको उमेरसमुहमा टिम अलार्ड एडमण्टन, टिम डाउनटाउन एडमण्टन रहेका थिए । महिला खुल्ला समुहमा HRSC Edmonton A र HRSC Edmonton B बिचमा प्रतिष्पर्धा भएको थियो ।

खुल्ला तर्फ भएको प्रतियोगितामा क्यालगरीको डाँफे क्लबले प्रथम स्थान प्राप्त गरी नगद, ट्रफि तथा मेडलहरू प्राप्त गर्यो । त्यस्तै गरी खुल्ला तर्फको दोश्रोहुनेमा ला रोयल्स एफसी लेथब्रिज टिमले पनि नगद र मेडलहरू प्राप्त गर्यो । ३० बर्षमाथिको उमेर समुहमा सगरमाथा एफसी क्यालगरीले प्रथम स्थान प्राप्त गरी नगद, ट्रफी र मेडलहरू प्राप्त गर्यो । यो समुहको रनरअप अर्थात दोश्रा हुने टिम मिडोज एडमण्टनले पनि नगद र मेडल प्राप्त गर्यो । ४० बर्षमाथिको उमेर समुहमा टिम अलार्डले प्रथम स्थान प्राप्त गरी नगद ट्रफी तथा मेडलहरू प्राप्त गर्यो भने टिम डाउनटाउनले दोश्रो स्थानमा चित्तबुझाउनु पर्यो । महिला तर्फको खेलमा HRSC B टिमले प्रथम स्थान प्राप्त गर्यो भने HRSC A टिमले दोश्रो स्थान प्राप्त गरेको थियो ।

सर्वोत्कृष्ट खेलाडीमा खुल्ला समुहमा डाँफे स्पोर्टस क्लब क्यालगरीका सरुन तामाङ, ३० बर्ष समूहमाथिको समुहका उत्कृष्ट खेलाडीमा सगरमाथा एफसी क्यालगरीका योद्धा थापा रहेका छन् । त्यस्तै गरी ४० बर्षमाथिको समुहमा अलार्ड टिमका सन्तोष गुरूङले सर्वोत्कृष्ट खेलाडीको उपाधी प्राप्त गरे । अधिक गोल कर्ताहरूमा मिलन बिश्व डाँफे , र बुद्ध मगर लेथब्रिज खुल्ला तर्फहुन भने ३० बर्ष माथिसमुहमा सुरेश गुरूङ सगरमाथा टिम र टिकाराम बुडाथोकी मिडोज टिमका हुन । त्यस्तै गरी साम पौडेल, जय बराल, र दिपेश पोख्रेल टिम अलार्डका अधिक गोलकर्ताहरू हुन भने श्रीभण्डारी डाउनटाउन टिमका अधिक गोलकर्ताका रूपमा सम्मानित भए ।

९ बर्ष देखि १२ बर्ष उमेरसमुहका बालवालिकाहरूको समेत प्रतियोगिता गर्ने तयारी भएता पनि बायुप्रदुषणका कारण सो खेल स्थगित गरिएको थियो । HIMALAYA ROCKY SPORTS CLUB (HRSC)EDMONTON ले बिभिन्न प्रकारका Indoor र outdoor गेमहरू गराएर क्यानडाभरी रहेका नेपालीहरूलाई जोड्नेकाम गरीरहेको छ । ब्याडमिण्टन चेस भलिवल फुटवल डण्डिबियो जस्ता बिबिध खेलहरूका माध्यमहरूबाट सबै समूहका नेपालीहरूलाई जोड्ने काम गरीरहेको छ । अरू नेपाली संघसंस्थाहरूसँग समेत समन्वय गरी खेलकुद आयोजना गर्दै आएको छ । यस सातौँ गोर्खा कप प्रतियोगितामा गोर्खा वारियरस् स्पोर्टस् क्लब, वी एण्ड द वर्ल्ड सेण्टर, एडमण्टनको नेपाली संगठन निकासे , त्यस्तै विसिए एडमण्टन, र एनआरएनए एनसीसी क्यानडाको सहकार्य रहेको थियो ।

सन २०१६सामा स्थापना भएको हिमालय रकी स्पोर्टस् क्लबको अध्यक्षमा दिलिप अन्छाङबो लिम्बु हुनु हुन्छ भने गोर्खा कपको इभेण्ट संयोजक तथा नव उपाध्यक्षमा आभास तिम्सिना हुनु हुन्छ । त्यस्तै गरी गोर्खा कपको फण्डरेजिङ कोअर्डिनेटर सुनाल ओझा र विकी आचार्य हुनु हुन्छ । गोर्खा कपको संचार संयोजक अभिसेक दाहाल अनि रजिस्ट्रेसन संयोजक रोजन श्रेष्ठ हुनुहुन्थ्यो । यो आयोजक समुहमा रोजन श्रेष्ठ, अमित डंगोल, शिशिर श्रेष्ठ ,शिशिर भुषाल, दिपक अधिकारी, आभास तिम्सिना, दिलिप अन्छाङबो लिम्बु, जय बराल, बिष्णु गुरूङ, सन्तोष गुरूङ, अभिशेक दाहाल ममता बिष्ट आदिले स्वयंम सेवकभई सक्रिय रूपमा खट्नु भएको थियो ।

एडमण्टनका नेपालीहरूका माझमा सधैँ सक्रियरूपमा योगदान पुर्याउँदै आउनु भएका डाक्टर आइ गुरूङलाई लाईफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरेर HRSC ले योगदानको उच्च सम्मान गरेको छ ।

यस सातौँ गोर्खाकप प्रतियोगितालाई सफल बनाउन बिभिन्न ब्यक्ती तथा व्यवशायिक संघसंस्थाले सहयोग गर्नु भएको थियो । यसमा गोल्ड स्पोन्सर गर्नु हुने Y- Not Indian Kitchen and Bar थियो भने silver Sponsors मा लाइफ टाइम आइ केयर ,Exp Realty सर्जु रन्जित,VM immigration , MKR Kitchen, Amit Dongol, OZ Shower Doors, Glass Doctor, Sai Krishna Enterprise INC, र अर्जुन रसाइली हुनु हुन्छ ।

त्यस्तै टेरी परयन्च रियल स्टेट, शोहम पौडेल, माधव दुलाल, सकर फर फन एडमण्टन, स्ट्रेलिङ रियल स्टेट, काठमाण्डु रसोइ, अधिकारी ईन्जिनियरिङ एण्ड कन्सल्टिङ इन्क, इजिएयर ट्राभल्स क्यालगरी, होलिडे होम्स इन ४७०, इन्द्र खड्का, जेयस् क्यानडा सप्लाईज इन्क, लक्ष्मण अधिकारी, सन्जिव बानियाँ, निरन्जन गौतम्, दीर्घराज कोइराला, केशब राउत, ग्रोथ स्पेस फाइनान्स सोलुसन्स, शेखर दाहाल, मोमो यूरो एसियन कुजिने, सिर्जना महत, जय बराल, गेटवे फाइनान्सियल, कृष्ण र प्रेक्षा शर्मा , निकासे ,गेटवे फाइनान्स, रियल्टर पेशल बाँस्तोला , हरी थापा, प्रवोध रेग्मी,अंकुर श्रेष्ठ , विलुक्स फर्नेनस क्लिनिङ इन्क ,केएफसी पार्टनर, वि एण्ड द वर्लड , डाक्टर हरि घिमिरे ,सन्तोष दाहाल, नेत्र अमागाई ,सम्राट थापा आदिको सहयोग प्राप्त भएमात्र यो प्रतियोगिता सम्पन हुन सकेको हो।

बिजय टिमहरूलाई नगद पुरस्कार ट्रफी र मेडलहरु प्रदान गर्न एनआरएनएका लक्ष्मण अधिकारी HIMALAYA ROCKY SPORTS CLUB (HRSC)EDMONTONका अध्यक्ष दिलिप अन्छाङबो लिम्बु स्थानिय क्षेत्रकी काउन्सिलर र समाजसेवी सर्जु रन्जितले गर्नु भएको थियो ।


यसरी सामाजिक एकता र सद्भभावका लागि यूवाहरूको पहलमा गरीएका कार्यक्रमले एकआपसमा बन्धुत्वको भावना प्रगाढ गराउनेमा दुई मत हुँदैन ।

-सुरेन उप्रेती एडमण्टन

प्रतिक्रिया