पश्चिमी टेक्ससमा एक हप्ताभन्दा बढी समयदेखि हराएकी २० वर्षीया महिला शनिबार मृत फेला परेकी छिन ।
उनको हत्यामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मेडेलिन पन्तोजा ११ मे मा बेपत्ता भएको खवर गरिएको थियो ।
मिडल्याण्ड प्रहरी विभागका अनुसार उनको घुम्ती यन्त्र( मोबाइल)सहित उनि हराएकी खवर प्राप्त गरेका थिए ।
सवारी साधन गाडी(कार) अझै मिडल्याण्डमा उनको घरमा पाइएको छ ।
उनको बेपत्ता भए पछि खोजी सुरु गरिएको थियो । उनी बेपत्ता भएको नौ दिनपछि शहरको दक्षिणपूर्वमा रहेको ग्रामीण क्षेत्रमा उनको शव फेला परेको प्रहरीले शनिबार जनाएको छ।
मिडल्याण्ड प्रहरीका अनुसार पन्तोजाको मृत्युमा हत्याको आशंकामा २४ वर्षीय मारियो जुआन चाकोन जुनियरलाई शनिबार दिउँसो पक्राउ गरिएको थियो।
प्रतिक्रिया