काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आङटावा शेर्पाविरुद्ध ५ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।
आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग जनही ६/६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । दोलखाबाट आएका पिडितहरुले पूवसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलार्ई पनि समावेश गरेको छ । प्रहरीले सकेसम्म आजै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ । आङटावाविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए।
प्रतिक्रिया