क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए आफैँ जेल जान तयार छु : प्रधानमन्त्री

इनेप्लिज २०८० जेठ ४ गते ११:०२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । क्यान्टोन्मेन्ट विषयमा कसैले उजुरी गरेर छानबिन गरे आफु जेल जान तयार रहेको उनले घोषणा गरे ।

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको अडिट र सबैको रेकर्ड भएको पनि दाबी गरे । यो विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए । भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत रुजु गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडिओबारे प्रश्न सोधेका थिए । उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोपको नाममा आरोपमात्रै भएको बताए ।

उनले भने, शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाबकिताबको रेकर्ड राखिएको दाबी गरे ।

उनले यो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको बताए ।

प्रचण्डले यदि कसैले उजुरी गरेमा आवश्यक छानबिन गरेर दोषी प्रमाणित भए म आफैं जेल जान तयार रहेको बताए ।

प्रतिक्रिया