नक्कली भुटानी शरणार्थी प्रकरण : आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने

इनेप्लिज २०८० जेठ ४ गते १०:५९ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया