सोह्र करोड लागतमा प्रहरी ब्यारेक भवन बन्ने

इनेप्लिज २०८० जेठ ३ गते २२:३३ मा प्रकाशित

विराटनगर, ३ जेठ(रासस): कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलाले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ गोठगाउँ स्थित रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको आज शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले ब्यारेक भवनले प्रहरी प्रशिक्षण वातावरणमा थप उर्जा मिल्ने बताउनु भयो ।

प्रहरी नायव महानिरीक्षक बाँस्तोलाले तालिमरत प्रशिक्षार्थीहरुको तालिम प्रतिको मनोवल उच्च हुनुका साथै प्रशिक्षणमा प्रभावकारितामा आउने बिश्वास व्यक्त्त गर्नु भयो ।

तालिम केन्द्र नमुना हुनु जरुरी रहेको बताउँदै प्रहरी नायव महमानिरीक्षक बाँस्तोलाले तालिम केन्द्रको भौतिक संरचनाहरुलाई सुविधा सम्पत्र बनाई उत्पादित प्रहरी कर्मचारीहरुलाई थप चुस्तदुरुस्त बनाउन नयाँ ब्यारेक भवन आवश्यकता रहेको चर्चा गर्नुभयो ।

उहाँले भवन निर्माणमा सबै पक्षले आफ्नो हो भनि मन बचन कर्मले सहयोग गर्न आग्रह गर्दै गुण्स्तरिय भवन समयमै निर्माण सम्पत्र गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो ।

नेपाल सरकारको रु १६ करोड ८० लाख ४३ हजार ९६० बजेटबाट निर्माण हुन लागेको ब्यारेक भवनमा ३०० जना प्रशिक्षार्थी अट्ने गरी तीन तलाको भवन बत्रे छ ।

प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका निमित्त प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, प्रदेश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सुनसरीका प्रहरी प्रमुखहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया