सुकुम्बासीका टहरा भत्काइ दिएपछि बेघरवार

वीरेन्द्र रावल २०८० वैशाख ३० गते २१:२० मा प्रकाशित

अत्तरिया,बैशाख ३०÷ गोदावरी नगर पालिकाको वडानम्बर ३ चौकी डाडास्थित सड्क छेउमा टहरा हालेर बस्दै आएका सुकुम्बासीहरुका टहरा भत्काइएपछी हाल उनिहरुले खुल्ला आकाशमुनि दयनीय जीवन बिताउनु परिरहेको छ ।

गोदावरी नगरपालिका र बन प्रसासनले सुकुम्बासीका टहरा बत्काइ दिएपछि बेघरवार बनेका उनिहरु भोक भोकै नारकिय जीवन बिताउनु परिरहेको गुनासो पोखेका छन । घर टहरा बत्काइ दिएपछि बेघरबार बनेका उनिहरु पाँच दिनदेखि भोक भोकै रहेको गुनासो पोखेका छन । टहरामा बास भएका बेला बजारमा मजदुरी गरेर जहान बच्चा पाल्दै आएका उनिहरु टहरा भत्काइएपछी लालाबालालाई कसरी जोगाउने भन्ने चिन्तामा रहेका छन । आफुहरुलाइ सड्कमा पनि बस्ने अधिकार नदिने यो कस्तो सरकार हो ? लोकतन्त्र गरिबका लागी भनेको त सब झुटा रहेछ भन्छन – सुकुम्बासी लोगेस बादी । बाउ बाजेको सम्पती भनेको परम्परागत सुल्फा ,मादल बनाउने पेसा थियो ,आधुनिकताले सबै रोजगार खोसेपछी मजदुरी गरेर खान पनि दिएनन ।

खासमा आफुहरु सुकुम्बासी भएको दाबी गर्ने लोगेस बादिले भने – सरकारले बादी समुदायको तत्काल पुनःस्थापना गरोस् । नत्र भने जीवन मरणको लडाइमा आफुहरु जान बाध्य हुनेछौ । यस्तै सोहि सिबिरमा तीन बर्ष देखि बसोबास गर्दै आइरहेकी दुर्गा देबि बिकले रुदै भनिन – मेरो त सहारा कोहि पनि छैन । बुढेसकालमा समेत छोरा बिहारी साथमा छैनन । उनिहरु बेरोजगारीका कारण भारतमा रोजगारी खोज्न गएका छन । गिट्टी कुटेर सकिनसकि पालिएको जीवन अब शोक र चिन्तामै जाने भो । उनले आफु मुटु सम्बन्धि रोगको समस्या भोग्दै आएको पनि दुखेको पोखिन ।

सरकारले हामी जस्ता बेसहारा बृद्ध अबस्थाका मानिसहरूलाई संरक्षण गर्नु पर्ने ठाउँमा उल्टै बेघरवार बनाउदा राज्य बिहिनताको महसुस भैरहेको पनि दुर्गा देबिले बिलौना पोखिन ।सोही सिबिरमा बस्दै आएकि ६५ कि महामती लुहारले पनि त्यस्तै गुनासो पोखेकी छिन । महामतिले दुई हात जोडेर भनिन– बाबु यो सरकार भन्ने कहाँ छ । दुख पर्दा नेता,पार्टी र उनिहरुले बनाएको सरकारले गरिवलाइ हेर्छ भन्थ्ये ,चुनाब सकिएपछि त टहरा भत्काएर पो देखाइ दिए त । अब हाम्रो बारेमा हेर्ने सरकार रहेन छ भन्ने अनुभुती भयो – महामतिले दुखेसो पोख्दै भनिन । स्थानीय निकाय,बन प्रसासनले घर टहरा भत्काइ दिएपछि प्रचण्ड गर्मी अनि हावा हुरिको समयमा बालबालिका र बुढापाकालाइ कसरी सुरक्षा प्रदान गर्ने,कसरी पेटको जोहो चलाउने भन्ने चिन्ताले सताएको बताउछन – अर्का सुकुम्बासी बिनोद ओड ।

आफुहरुलाइ सड्कमा पुगाएर सरकारले कस्को सेवा गर्न खोजेको हो ? प्रती प्रस्न गर्दै उसले भने आफुहरुका माग तत्काल पूरा नभए जीवन मरणको आन्दोलन गर्न बाध्य नपारियोस । सरकारले कैलाली कंचनपुर जिल्लाका विभिन्न स्थानमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका मुक्त कमैया ,सुकुम्बासी र भुमिहिनको यथार्थ पहिचान गरेर पुनःस्थापनका लागि तत्काल पहल गर्नु पर्ने राय आम बुद्धिजीवीको रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया