एमाले केन्द्रीय कमिटी बैठक सुरू

इनेप्लिज २०८० वैशाख २९ गते १०:४५ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक सुरु भएको छ।

तीन दिनसम्म चल्ने बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताएको छ । वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो।

बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।

वैठकको पहिलो दिन आज (बिहीबार) विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत हुने कार्यसूची छ। शुक्रबारदेखि प्रदेशस्तरीय समूह बनाएर छलफल हुने कार्यक्रम रहेका छ। प्रदेशस्तरीय प्रतिवेदनपछि पार्टीले त्यसमा छलफल गरेर निष्कर्ष निकाल्ने छ।

प्रतिक्रिया