विराटनगर, २७ वैशाख(रासस): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट लगानी उत्पादन बढाउने र रोजगार सिर्जना गर्ने तर्फ हुनु पर्ने बताउनुभएको छ ।
नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले समस्या उत्पत्र भएको भन्दै राजस्व सङ्कलनको स्थिति यथावत रहेमा बजेट कमजोर बत्रे चिन्ता व्यक्त्त गर्नुभयो ।
उहाँले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने वर्तमान अवस्थामा स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्र लगानी गर्नु पर्ने सुझाव दिँदै सङ्घीयतालाई बलियो बनाउन विगतका कमी कमजोरीलाई फाल्दै लैजानु पर्ने कुरामा जोड दिनुभयो ।
राजनीतिक सङ्घीयता जस्तो प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर रहेको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले भत्रुभयो,‘ बेथिति र बेरुजुको भागिदार सङ्घीय सरकार हो ।’
उहाँले स्थानीय तहले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र सौन्दर्यकरणमा बढी केन्द्रित भएर बजेटको खाका तयार पार्नु पर्ने सुझाव दिँदै अहिलेको वित्तीय संकोचनको समयमा निर्माण हुने बजेटमा विशेष ध्यान दिनु पर्ने धारणा राख्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोतस तथा वित्तीय आयोगका संयोजक बालानन्द पौडेल र बेलबारी नगरपालिकाका प्रमुख डिपी राईले पनि बोल्नु भएको थियो ।
प्रतिक्रिया